site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चालु खाता एक खर्ब ९३ अर्ब र शोधनान्तर स्थिति झन्डै चार खर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । वैशाख मसान्तसम्म चालु खाता एक खर्ब ९३ अर्ब २५ करोड र शोधनान्तर स्थिति तीन खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनानुसार गत वर्ष घाटामा रहेको चालु खाता गएको वैशाख मसान्तसम्म बचतमा देखिएको हो । गत वर्षको वैशाख मसान्तसम्म चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो ।

Dabur Nepal
NIC Asia

गत वर्ष शोधनान्तर स्थिति भने दुई खर्ब नौ अर्ब ४९ करोड रुपैयाँले बचतमा थियो ।

चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।

चालु खाता घाटा सुधार हुँदै जानुले हाल नेपालले अरू देशहरूबाट लिएको खुद सापटी घटाउँदै गएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार, निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।

शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ । घाटा भएमा विदेशी मुद्रा देशबाट बाहिर बढी गएको भन्ने बुझिन्छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro