site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गिरीको ‘ईश्वरको अनुहार’ माथि अन्तर्क्रिया

काठमाडौं । साहित्यकार दिव्य गिरीको दोस्रो कथासंग्रह ‘ईश्वरको अनुहार’माथि अन्तर्क्रिया भएको छ । शब्दपथको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले बोलेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले कथाकार दिव्य गिरीसँगको सम्बन्धको चर्चा गर्दै गिरीका कथाहरू मूल्यवान रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा अग्रज कथाकार सनत रेग्मी, प्रा.डा. सुरेन्द्र के.सी. तथा शारदाका सम्पादक विमल भौकाजीले शुभकामना मन्तव्य राखे ।

शब्दपथका प्रधान सम्पादक तथा कथाकार किशोर पहाडीले कृतिभित्रका पाँच कथा ‘सनाखत’, ‘मुक्ति ’, ‘फोटो’, ‘परिवर्तनपछि बिर्खबहादुर’ र ‘अज्ञात समूह’ माथि .पाठकीय टिप्पणी राखे ।

त्यस्तै कार्यक्रममा लेखकहरू प्रा.डा. अञ्जना वस्ती भट्टराई, भवानी खतिवडा र अनिता कोइरालाले कृतिभित्रका अन्य कथाहरुमाथि टिप्पणी गरेका थिए । सो अवसरमा कथाकार गिरीले समेत बोलेका थिए ।

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्