site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ट्वान्टी–२० विश्वकपमा भारत–पाकिस्तान भिड्दै, किन विशेष हुन्छ यी दुई टिमको खेल ?
फाइल तस्बिर ।

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज दुई चिर–प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दै छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।

न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा भारतका रोहित शर्मा र पाकिस्तानका बाबर आजमको कप्तानीमा मैदान उत्रिनेछन् ।

Dabur Nepal
NIC Asia

समूह ‘ए’मा रहेको भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।

किन विशेष हुन्छ ?
दुई देशबीचको राजनीतिक टकराव र तिक्ततापूर्ण अवस्थाका कारण यो खेल सधैँ विश्वको नजरमा रहँदै आएको छ । विश्व क्रिकेटमा भारत–पाकिस्तानबीचको खेल सबैभन्दा तीब्र र उच्चस्तरीय प्रतिस्पर्धात्मक मानिन्छ । पछिल्लो समय यी दुई देशबीचको खेल विश्व क्रिकेटकै सबैभन्दा प्रतिक्षित खेल मानिन्छ ।

१९४७ मा भारत विभाजन भएपछि लगातार कश्मीरलाई लिएर भारत–पाकिस्तानबीच द्वन्द्व र असहमति कायमै छ । उक्त गतिविधिका कारण भारत–पाकिस्तानबीच क्रिकेटमा पनि प्रतिद्वन्द्वी भावना बढी पाइन्छ ।

in_pa-1717899019.png
 

क्रिकेटमा भारत र पाकिस्तानबीच पहिलो प्रतिस्पर्धा १९५१–५२ मा टेस्ट खेलका रूपमा सुरु भएको थियो । उक्त समय पाकिस्तानी टिमले भारत टूर गरेको थियो । भारतीय टिम पहिलो पटक १९५४–५५ मा पाकिस्तान भ्रमणमा निस्किएको थियो । त्यसपछि १९६५ र १९७७ मा दुवै देशबीच भएको युद्धका कारण क्रिकेटको सम्बन्ध समेत बिग्रिएको थियो ।

त्यसैले १९६२ देखि १९७७ सम्म यी दुई देशबीच कुनै सिरिज हुन सकेन । १९९९ मा भएको कारगिल युद्ध र २००८ मा मुम्बईमा भएको आतंककारी हमलाले गर्दा पनि भारत–पाकिस्तानबीचको क्रिकेट प्रभावित भएको थियो । मुम्बई हमलापछि भारतले हालसम्म इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाकिस्तानी क्रिकेटरलाई वर्जित गरेको छ ।

सन् २००८ मा सुरु भएको आईपीएलको पहिलो संस्करणपछि हालसम्म कुनै पनि पाकिस्तानी क्रिकेटरले भारतको यो चर्चित फ्रेन्चाइज लिग खेलेका छैनन् ।

‘हेड टू हेड’
यी दुई टिम हालसम्म ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ पटक आमने–सामने भएका छन् । जसमा भारत नतिजामा अघि छ । भारतले हालसम्म पाकिस्तानविरुद्ध हालसम्म आठ खेलमा जित निकालेको छ । पाकिस्तानले तीन खेलमा मात्र जित निकालेको छ । यी दुई टिमबीचको एक खेल भने ‘टाइ’ भएको थियो । उक्त खेलमा पनि भारतले ‘बल आउट’ पाकिस्तानलाई हराएको थियो ।

in_pa--1717899020.png
 

ट्वान्टी–२० विश्वकपमा भने यी दुई टिम हालसम्म सातपटक एक–अर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन् । यसमा पनि भारत अघि छ । भारतले पाँच खेलमा जित निकाल्दा पाकिस्तानले एक खेलमा मात्र जित निकालेको छ । यस्तै, एक खेल भने ‘टाइ’ भएको थियो ।

पछिल्लो पटक सन् २०२२ मा यी दुई टिम प्रतिस्पर्धामा उत्रिएका थिए । अस्ट्रेलियाको मेलबर्नमा भएको ट्वान्टी–२० विश्वकपकै उक्त खेलमा भारतले आफ्नो चिर–प्रतिद्वन्दीविरुद्ध चार विकेटको जित निकालेको थियो ।

ट्वान्टी–२० विश्वकपमा पाकिस्तानले सन् २०२१ को संस्करणमा पहिलो जित निकालेको थियो । उक्त संस्करणमा पाकिस्तानले भारतविरुद्ध १० विकेटको जित निकालेको थियो । भारत–पाकिस्तान ट्वान्टी–२० क्रिकेट तथ्यांकमा यो नै विकेटको आधारमा निस्किएको सबैभन्दा ठूलो जितसमेत हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro