site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साविक विजेता इंग्ल्यान्डविरुद्ध अस्ट्रेलिया ३६ रनले विजयी

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा अस्ट्रेलियाले साविक विजेता इंग्ल्यान्डविरुद्ध ३६ रनको जित निकालेको छ ।

शनिबार राति ब्रिजटाउनमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका कप्तान जस बटलरले २८ बलमा पाँच चौका र दुई छक्कासहित ४२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । ओपनर फिल साल्टले ३७ रन थपे । बटलर र साल्टले ७.१ ओभरमा पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछिका ब्याटरले यो लयलाई कायम राख्न नसक्दा इंग्ल्यान्ड १६५ रनमै रोकिएको हो ।

Dabur Nepal
NIC Asia

यसबाहेक, मोइन अलीले २५, ह्यारी ब्रुकले २० र विल ज्याकले १० रन थपे ।

अस्ट्रेलियाका प्याट कुमिन्स र एडम जाम्पाले समान दुई विकेट लिए । जस हेजलवुड र मार्कुस स्टोइनिसको नाममा एक–एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०१ रनको योगफल खडा गरेको थियो । जारी विश्वकपमा २०० रनको योगफल पार गर्ने अस्ट्रेलिया पहिलो टिम बन्यो ।

अस्ट्रेलियाका ओपनर डेविड वार्नरले सर्वाधिक ३९ रन बनाए । कप्तान मिचेल मार्सले ३५ रन थप्दा अर्का ओपनर ट्राभिस हेडले ३४ रन बनाए । ओपनरद्वय वार्नर र हेडले पाँच ओभरमा ७० रनको साझेदारी गर्दै अस्ट्रेलियालाई आक्रामक सुरुआत दिलाएका थिए ।

मार्कुस स्टोइनिसले ३०, ग्लेन म्याक्सवेलले २८, म्याथ्यु वेडले १७ र टिम डेविडले ११ रन जोडे ।

इंग्ल्यान्डका क्रिस जोर्डनले दुई विकेट लिए । मोइन अली, जोफ्रा आर्चर र लियम लिभिङस्टोनले एक–एक विकेट लिए ।

प्रतियोगितामा लगातार दोस्रो जित निकालेको अस्ट्रेलिया चार अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । अस्ट्रेलियाले यसअघि पहिलो खेलमा ओमानविरुद्ध ३९ रनको जित निकालेको थियो ।

समान खेलबाट एक अंक जोडेको इंग्ल्यान्ड तालिकाको चौथो स्थानमा छ । यसअघि इंग्ल्यान्डको पहिलो खेल वर्षा कारण नतिजाविहीन टुंगिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro