site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेशको आन्तरिक आय बढाउन नीतिगत समस्या भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासमा पाँचवटा समस्या उजागर गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले समस्या र चुनौती उत्तिकै रहेको सदनसमक्ष जानकारी गराए । 

“प्रदेशमा अस्थिर सरकारका कारण यसलाई स्थापित गराउन चुनौती थपिएको, विकासका गतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको, राजनीतिक परिवेश अस्थिर रहेको, निर्वाचन प्रणालीका कारण कुनै एक दलको बहुमत नभएको जस्ता विषयले समस्या छ,” उनले भने, “संघीय कानुन र नीतिगत व्यवस्थामा ढिलाइ हुँदा समेत समस्या भएको छ । आन्तरिक आय बढाउन सकिएको छैन ।”

प्रदेश संरचना धान्ने चालु खर्च पनि नधान्ने अवस्थामा पुग्ने कुराप्रति सरकार चिन्तित रहेको भन्दै उनले प्रदेशको आन्तरिक राजस्व अभिवृद्धि गर्ने कार्ययोजना तयार गरी आवश्यक नीतिगत, कानुनी तथा जनशक्तिसहितको संस्थागत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सम्पन्न भएका कामको बेरुजु नहुने गरी कार्यसम्पादन गर्न तथा हाल कायम भएका बेरुजु फछर्यौटलाई तीव्रता दिइने बताए । आर्थिक अनुशासन कायम गर्ने, सार्वजनिक यातायातलाई डिजिटलाइजेसन गरी सुरक्षित, मर्यादित, प्रविधिमैत्री बनाउने, ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्ने र पूर्वाधारका बहुवर्षीय आयोजनालाई समयमै पूरा गर्न आवश्यक पर्ने बजेट प्रबन्ध गर्ने बताए । ठूला योजनाले प्रदेशलाई वित्तीय दबाब बढ्ने उनको भनाइ छ । 

“अघिल्लो वर्ष हामीलाई वैशाख महिनामा सवा अर्ब पैसा आएन । अहिले अढाइ अर्ब पैसा घट्ने देखियो,” कार्कीले भने, “आगामी वर्ष अझै घट्ने देखिन्छ । ठूला आयोजनाहरू निर्माण नगर्ने कि भन्ने भएको छ ।”

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro