site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीजीका नयाँ पंखा बजारमा

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रान्डले पहिलोपटक बीएलडीसी सिलिङलगायत अन्य पंखाहरू बजारमा ल्याएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच टू बीएलडीसी फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो पंखाले परम्परागतभन्दा कम्तीमा ४३ प्रतिशत विद्युत् बचत गर्ने कम्पनीले जनाएको छ ।

बीएलडीसी टेक्नेलोजी र रोबस्ट तथा रिलायबल बीएलडीसी मोटर भएको हुनाले बजारमा आउने अरु पंखाको तुलनामा यो बढी टिकाउ हुने कम्पनीको दाबी छ ।

नेपालमा खासगरी तराईमा बिजुलीको भोल्ट कहिले कम र कहिले बढी आउने अवस्थालाई मध्यनजर गर्दै यो सिलिङ फ्यान ल्याइएको कम्पनीको भनाइ छ । ११० देखि २८० बीचको कुनै पनि भोल्टमा पनि पंखा तीव्र गतिमा घुम्ने कम्पनीको भनाइ छ ।

रिमोटको सुविधायुक्त पंखामा कम्पनीले मोटर र पीसीबीएममा दुई वर्षको वारेन्टी दिएको छ । यो पंखा चार वटा रङमा बजारमा उपलब्ध रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro