site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकपमा अस्ट्रेलियाको विजयी सुरूआत, ओमानविरुद्ध ३९ रनको जित

काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्वकपमा अस्ट्रेलियाले एसोसिएट राष्ट्र ओमानविरुद्ध ३९ रनको सहज जित निकालेको छ । 

बिहीबार बिहान ब्रिजटाउनमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।

ओमानका आयान खानले सर्वाधिक ३६ रन बनाए । मेहरन खानले २७ रन थप्दा कप्तान अकिब इल्यासले १८ र साकिल अहमेदले ११ रन जोडे ।

अस्ट्रेलियाका मार्कुस स्टोइनिसले तीन विकेट लिए । नाथन इल्स, एडम जाम्पा र मिचेल स्टार्कले समान दुई विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रनको योगफल खडा गरेको थियो । 

अस्ट्रेलियाका मार्कुस स्टोइनिसले सर्वाधिक ६७ रन बनाएका थिए । स्टोइनिसले ३६ बलमा दुई चौका र ६ छक्का प्रहार गरे । ओपनर डेविड वार्नरले ५६ रन बनाए । यस्तै, कप्तान मिचेल मार्सले १४ र ट्राभिस हेडले १२ रन थपे । अस्ट्रेलियाका ग्लेन म्याक्सवेल भने गोल्डेन डक भएका थिए ।

ओमानका मेहरन खानले दुई विकेट लिए । यस्तै, बिलाल खान र कलिमुल्लाहले समान एक विकेट हात पारे ।

प्रतियोगिताको पहिलो खेलमै जित निकालेको अस्ट्रेलिया समूह ‘ ’बी’को शीर्ष स्थानमा उक्लिएको छ । दुई खेल खेल्दा पनि अंकविहीन ओमान तालिकाको पुछारमा छ । यसअघि ओमान पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro