site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
योगदानको आधारमा ‘जनयुद्ध’ शब्द बजेटमा समेटिएको : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा जनयुद्धको योगदान भएकाले नै बजेटमा समेटिएको बताएका छन् । बुधबार आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसद रामहरि खतिवडाले जनयुद्ध शब्द किन राखियो भन्दै प्रश्न गरेका थिए । जवाफमा अर्थमन्त्री पुनले विगतका वर्षहरूमा पनि राखिएको बताए । 

“विगतका बजेट वक्तव्यमा पनि छ । ४/५ वटा वक्तव्यमा परेको छ भन्ने लाग्छ । विभिन्न सरकारी डकुमेन्टमा परेको छ,” पुनले भने, “त्यसलाई राख्नै नहुने, यो नेपालमा हुँदै नभएको चिज या सरकारी डकुमेन्टले नचिनेको चर्चा नगरिएको कुरा जसरी प्रस्तुत गर्नुभयो, त्यति सान्दर्भिक छ जस्तो लाग्दैन । जनयुद्धको योगदान छ । जनआन्दोलनको योगादन छ ।” 

उनले बजेटमा सबै आन्दोलन समेटियोस् भनेर १९९८ साल वरिपरिका सहिदहरूदेखि सबै आन्दोलनका सहिदको कुरा समेटिएको बताए । जनयुद्ध शब्द एमालेलाई पनि चित्त बुझेको देखिँदैन । बजेटको छलफलका क्रममा एमाले सांसद गोकुल बास्कोटाले जनयुद्ध शब्द राखेकोमा खुलेरै आपत्ति जनाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro