site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको लोकसभा निर्वाचनमा भाजपाले साढे २३ करोडभन्दा बढी मत पाउँदा अन्य पार्टीले कति पाए ? 

काठमाडौं । भारतमा हालै भएको लोकसभा निर्वाचनको मतगणना सकिएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ५४३ सिटको लागि भएको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले २४०, भारतीय राष्ट्रिय कांग्रेसले ९९, समाजवादी पार्टी (एसपी)ले ३७, अल इन्डिया तृणमुल कांग्रेस (एआईटीसी)ले २९, द्रविड मुनेत्र कझगम (डीएमके)ले २२ र तेलुगु देशम (टीडीपी)ले १६ सिट जितेका छन् । 

यस्तै, जनता दल (युनाइटेड)ले १२, शिव सेना (उद्धव बालासाहेब थाक्रे)ले नौ, नेसनलिस्ट कांग्रेस पार्टी (शरदचन्द्र पवार)ले आठ, शिव सेनाले सात, लोक जनशक्ति पार्टी (राम विलास)ले पाँच र बाँकी सिट अन्य पार्टीले जितेका छन् । 

लोकसभा निर्वाचन सात चरणमा गरिएको थियो । अप्रिल १९ देखि जुन १ २०२४ सम्म निर्वाचन भएको थियो । मतगणना मंगलबार (जुन ४) मा सुरू गरिएको थियो । मंगबार निर्वाचन आयोगका पदाधिकारीले ६४ करोड मत गनेका थिए । 

यसपटकको लोकसभा निर्वाचनमा भाजपाले कुल २३ करोड ५९ लाख ७३ हजार ९३५ मत प्राप्त गरेको छ । यो भनेको गणना भएको कुल मतको ३६.५६ प्रतिशत हो । सन् २०१९ को लोकसभा निर्वाचनमा भाजपाले ३७.३६ प्रतिशत मत प्राप्त गरेको थियो । अघिल्लो निर्वाचनको तुलनामा यस निर्वाचनमा भाजको मत ०.८ प्रतिशतले घटेको छ । 

भारतीय राष्ट्रिय कांग्रेसले यसपटकको निर्वाचनमा १३ करोड ६७ लाख ५९ हजार ६४ मत पाएको छ । उक्त मत कुल मतको २१.१९ प्रतिशत हो । सन् २९१९ मा कांग्रेसले १९.४९ प्रतिशत मत प्राप्त गरेको थियो । सन् २०१९ को तुलनामा २०२४ को लोकसभा निर्वाचनमा कांग्रेसले १.७ प्रतिशत मत बढाएको छ । 

यस वर्षको लोकसभा निर्वाचनमा समाजवादी पार्टी (एसपी)ले दुई करोड ९५ लाख ४९ हजार ३८१ मत (४.५८ प्रतिशत) प्राप्त गरेको छ । अल इन्डिया तृणमुल कांग्रेसले दुई करोड ८२ लाख १३ हजार ३९३ मत (४.३७ प्रतिशत) प्राप्त गरेको छ । 

यस्तै, द्रविड मुनेत्र कझगम (डीएमके)ले एक करोड १७ लाख ५४ हजार ७१० मत (१.८२ प्रतिशत), तेलुगु देसम (टीडीपी)ले एक करोड २७ लाख ७५ हजार २७० मत (१.९८ प्रतिशत), जनता दल (युनाइटेड)ले ८० लाख ३९ हजार ६६३ मत (१.२५ प्रतिशत) र कम्युनिस्ट पार्टी अफ इन्डिया (माक्र्सिस्ट)ले एक करोड १३ लाख ४२ हजार ५५३ मत (१.७६ प्रतिशत) प्राप्त गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro