site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालविरुद्ध पावर प्लेमा नेदरल्यान्ड्सको मध्यम सुरुआत

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले पावर प्लेमा मध्यम सुरुआत गरेको छ ।

अमेरिकाको टेक्सासस्थित ड्यालसमा जारी खेलमा नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ६ ओभरको समाप्तिमा एक विकेट गुमाएर ३६ रन बनाएको छ ।

हाल क्रिजमा रहेका विक्रमजित सिंह १९ र म्याक्स ओ‘डोड १५ रनमा खेलिरहेका छन् । त्यसअघि माइकल लेभिट एक रनमा आउट भएका थिए । 

नेपालका सोमपाल कामीले एक विकेट लिएका हुन् ।

त्यसअघि टस हारेर ब्याटिङा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ००:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro