site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बहुमत नल्याए पनि भाजपाले भारतका यी ६ प्रदेशमा गर्न सक्नेछ ‘क्लिन स्वीप’ 
तस्बिर : एएनआई ।
Dabur Nepal
NIC Asia

काठमाडौं । भारतमा ५४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा कुनै पनि दलले एक्लै बहुमत नल्याउने स्पष्ट देखिएको छ । मंगलबार बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) बहुमतको नजिक पुगे पनि बहुमत भने ल्याउन सक्ने देखिँदैन । 

बहुमतको लागि २७२ सिट आवश्यक पर्छ । प्रारम्भिक मतगणनाअनुसार भाजपाले २४० सिटको हाराहारीमा जित्ने देखिन्छ । भाजपाले बहुमत ल्याउन नसक्ने भए पनि केही प्रदेशमा भने ‘क्लिन स्वीप’ गर्ने देखिन्छ । हालसम्म भएको मतगणनाको नतिजाले केन्द्र शासित प्रदेश राजधानी दिल्ली समेत ६ वटा प्रदेशमा भाजपाले क्लिन स्वीप गर्ने देखिएको छ । 

भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेशका २९, अरुणाचल प्रदेशका दुई, त्रिपुराका दुई, हिमाचल प्रदेशका चार, उत्तराखण्डका पाँच र राजधानी दिल्लीका सात वटै सिटमा भाजपाका उमेदवारले अग्रता लिइरहेका छन् । यो अग्रता अन्तिमसम्म कायम राखे भाजपाले दिल्लीसहित ६ वटा प्रदेशमा क्लिन स्वीप गर्नेछ ।  
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro