site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय निर्वाचनको प्रारम्भिक नजिता : एनडीए २९३, आईएनडीआईए २०३ र अन्य ३६ स्थानमा अगाडि 
SkywellSkywell

काठमाडौं । भारतीय संसद्को तल्लो सदन लोकसभाको लागि ५४३ सदस्यको लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरू भएको छ । गणनासँगै मतपरिणामहरू आउन थालेका छन् । 

भारतीय मिडियाका अनुसार हालसम्म केन्द्रमा सरकार बनाउन भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आईएनडीआईए) बीच प्रतिस्पर्धा देखिएको छ । 

KFC Island Ad
NIC Asia

मतगणना भएका स्थानमध्ये एनडीएका २९३ उमेदवार, इन्डिया गठबन्धन २०३ उमेदवार र अन्य ३६ उमेदवारले अग्रता बनाएका छन् । 

भारतमा अप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा करोडौं भारतीय जनताले मतदान गरेका थिए । 

उत्तर प्रदेशमा ३९ स्थान एनडीए उमेदवार, ४० स्थानमा इन्डिया गठबन्धन र एक स्थानमा अन्य उमेदवारले अग्रता लिएका छन् । महराष्ट्रमा एनडीएका १८ उमेदवार, इन्डिया गठबन्धनका २९ उमेदवार र एक स्थानमा अन्य उमेदवारले अग्रता कायम गरेका छन् । 

पश्चिम बंगलामा एनडीएका १३ उमेदवार, इन्डिया गठबन्धनका १४ र अन्यका १५ उमेदवार अग्रता लिएका छन् । बिहारमा एनडीएका ३३ उमेदवार र इन्डिया गठबन्धनका सात उमेदवारले अग्रता लिइरहेका छन् । तमिलनाडुमा एनडीएका एक उमेदवार, इन्डिया गठबन्धनका ३७ र अन्य एक उमेदवारले अग्रता बनाइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro