site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासबाट बन्धक बनाइएका थप चारजनाको मृत्यु भएको पुष्टि

गाजा । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ)ले हमासद्वारा बन्धक बनाइएका थप चारजनाको मृत्यु भएको जानकारी गराएको छ । त्यससम्बन्धी जानकारी मृतकका परिवारलाई गराइसकेको आईडीएफले जनाएको छ ।

आईडीएफले चाइम पेरी, योराम मेट्जर, अमीराम कूपर र नादाभ पोप्लेवेलको परिवारलाई उक्त जानकारी गराइएको जनाएको छ ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि अरूसँगै ती चारजनालाई पनि बन्धक बनाइएको थियो । उनीहरूका शव हमासले नै लिएर गएको जनाइएको छ ।

उक्त जानकारी गुप्तचर निकाय, स्वास्थ्य मन्त्रालयको विज्ञ समिति र रिलिजियस सर्भिससम्बन्धी मन्त्रालय र इजरायलका चिफ रबी (यहुदी मामिला हेर्ने निकायका प्रमुख)को माध्यमबाट पुष्टि भएको जनाइएको छ ।

हमासको बन्धक अवस्थामा उनीहरू कसरी मारिए भन्ने बारेमा अनुसन्धान भइरहेको आईडीएफले उल्लेख गरेको छ । सीएनएनबाट ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro