site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुदूरपश्चिम प्रदेश सरकार विस्तार अन्योलमा

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकार विस्तारको वातावरण अझै नबनेको जनाएको छ ।

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा आफूहरू सहभागी हुने वातवरण बन्न नसकेको बताए । “हामी सरकारमा सहभागी हुने वातावरण बनेको छैन,” उनले भने ।

Argakhachi Cement Island Ad

सोडारी नेतृत्वको सरकारलाई एमालेले विश्वासको मत दिएको छ । तर, एमालेले तत्काल सरकारमा नजाने निर्णय पहिले नै गरेको थियो । एमालेले यो निर्णय परिवर्तन नगर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

सरकारले आउँदो आर्थिक वर्षका निम्ति प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रमप्रति भने आफूहरूको स्वामित्व रहेको बताउँदै नेता रावलले पत्रकार सम्मेलनमा भने, “अब बजेट कस्तो आउँछ त्यसका लागि दबाब बनाउँदै छौँ ।” रासस

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्