site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शल्यक्रियाका लागि बिरामीले धेरै समय कुर्नुपर्ने समस्या समाधान गर्न समिति गठन

काठमाडौं । देशभरका अस्पतालमा शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष समिति गठन गरेको छ । मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

समितिले समस्याको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ ।

समितिमा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्यसचिव छन् ।

समितिले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका संघीय अस्पतालहरूको अनुगमन गर्नेछ । अनुगमनका क्रममा बिरामीहरूले शल्यक्रियाका लागि के–के कारणले लामो समयसम्म पालो कुर्नु परेको छ, प्रेषणको अवस्था, सेवाको गुणस्तर र प्रक्रिया, विशेषज्ञ चिकित्सकहरूको संख्या र उनीहरूले दिने सेवाको विवरणजस्ता विषयवस्तुको अध्ययन गरिनेछ ।

साथै समितिले अस्पतालबाट प्रदान गरिने बहिरंग (ओपीडी) सेवाको विस्तृत अध्ययन गर्नेछ । ओपीडी सेवा हेर्ने चिकित्सकको संख्या, उनीहरूले दैनिकरूपमा हेर्ने बिरामीको संख्या, प्रेषणको अवस्था, प्रयोगशाला र रेडियोलोजी सेवाको विस्तृत विवरण तथा सोही सेवाका लागि अन्यत्र रेफर गरिएका बिरामीको विवरण पनि संकलन गर्नेछ ।

समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro