site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकपमा सहभागी नहुँदैमा न सन्दीपको करिअर सकिन्छ, न नेपाली क्रिकेट : चतुरबहादुर चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आफूहरूले निकै प्रयास गर्दा पनि क्रिकेटर सन्दीप लामिछानेले भिसा पाउन नसकेको बताएका छन् ।

तर, यसपटक विश्वकपमा सहभागी हुन नपाउँदैमा सन्दीपको करिअर नसकिने उनको भनाइ छ ।सन्दीप विश्वकपमा सहभागी नहुँदैमा नेपाली क्रिकेट पनि नसकिने उनले बताएका छन् ।

Dabur Nepal
NIC Asia

"सन्दीपजस्तो बहुप्रतिभाशाली खेलाडी, जसका कारणले  पनि आज हामी विश्वकप खेल्दै छौँ । स्वयं सन्दीपले खेल्न नपाउनुले हामी सबै दु:खी छौँ । तर यसमा सहभागी हुन नपाउँदैमा न सन्दीपको करिअर समाप्त हुनेछ न नेपालको क्रिकेट, सबैमा धैर्यता कायम गरिदिन आग्रह गर्दछु," विश्वकपका लागि अमेरिका पुगेका अध्यक्ष चन्दले बिहीबार राति सामाजिक सञ्जालबाट भनेका छन् ।

उनले आफूलाई नेपाली कांग्रेससँग जोडिएको विषयमा पनि बोलेका छन् । चन्दले आफू बैतडी कांग्रेसको निर्वाचित सभापति भएको र त्यसमा आफू गौरव गर्ने बताएका छन् ।

"नेपाल क्रिकेट संघको अध्यक्षका साथै नेपाली कांग्रेस बैतडीको सभापति भनेरै लेखिराख्नुहुने साथीहरूका लागि पुनः स्मरण रहोस्, म बैतडी कांग्रेस को निर्वाचित सभापति नै हो । जसका लागि म गौरव गर्दछु," उनले भनेका छन् ।

उनले आफू आईसीसीको निमन्त्रणमा विश्वकपका लागि गएको समेत बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  २२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro