site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकैदिन तोलामा २३ सयले बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार प्रतितोला एक लाख ३८ हजार २०० मा कारोबार भएको छापावाल सुन आज एक लाख ४० हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

तेजाबी सुनको भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३७ हजार ५५० मा कारोबार भएको थियो । आज यो सुन प्रतितोला एक लाख ३९ हजार ८०० मा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार २५० ले वृद्धि भएको छ ।

चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ९३० मा कारोबार भएको चाँदी आज एक हजार ९०० मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्