site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मतीसहित यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा 
फाइल तस्बिर । 
SkywellSkywell

काठमाडौं । देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभावका कारण केही भू–भागमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । 

Dabur Nepal
NIC Asia

विभागले दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।  

कोसी प्रदेशको थोरै स्थान र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu