site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र विकास बोर्ड ‘सिनेमाण्डु’ नाम राख्ने निर्णयबाट पछि हटेको हो ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चलचित्र विकास बोर्ड सोमबार नै बोर्ड बैठकबाट नेपाली चलचित्र उद्योगको नाम ‘सिनेमाण्डु’ राखेर विभागीय मन्त्रालयमा पठाउने तयारीमा थियो । चलचित्रसम्बद्ध आठ संस्थालाई नामकरणबारे बोर्डले छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा नेपाली चलचित्र उद्योगको नाम ‘सिनेमाण्डु’ राख्ने पक्षमा धेरैले सहमति जनाएका थिए ।

तर, सूचना बाहिर आउनेबित्तिकै बोर्डको उक्त निर्णयको आलोचना भएको थियो । काम गर्नुपर्ने सयौँ विषय हुँदाहुँदै बोर्ड नाममा अल्झिएको भन्दै आलोचना गरिएको थियो । सोमबार नै बोर्ड बैठक बसेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सिफारिस गर्ने बोर्डको तयारी भए पनि आलोचनापछि बोर्ड बैठक बसेन ।

Agni Group
NIC Asia

“हिजो बार्ड बैठक बस्ने भनिए पनि बसेन । नामको विषय अहिले विचाराधीन नै छ । बैठकमा ‘सिनेमाण्डु’सँगै ‘कान्तिपुर फिल्मस्’ र ‘एभरेस्ट फिल्मस्’को पनि प्रस्ताव आएको थियो,” चलचित्र विकास बोर्डका सदस्य तथा प्रवक्ता केएल पीडितले बाह्रखरीसँग भने, “सिनेमाण्डुमा सहमति भयो भन्ने कुरा आए पनि सबैको एकमत थिएन । म स्वयं पनि एभरेस्ट फिल्मस् नाम राम्रो हुन्छ कि भन्ने पक्षमा हो । सबैले स्वीकार गर्ने नाम राख्नुपर्छ ।”

चलचित्रका आठ संस्थाभन्दा पनि समग्र नेपालीले स्वीकार गर्न सक्ने र अपनत्व हुने नाम राख्नुपर्ने पक्षमा बोर्ड पुगेको छ । सोमबारकै बैठकमा पनि प्रस्ट सहमति नभएको र बाहिरबाट आलोचना गरिएपछि बोर्ड यो विषयलाई केही समय पछाडि धकेल्ने पक्षमा पुगेको छ । नाम नै नराख्ने कि भन्नेमा पनि बोर्ड पुगेको स्रोतको भनाइ छ ।

Global Ime bank

‘सिनेमाण्डु’ आफैँमा स्थापित अवार्ड रहेको अवस्थामा अरूको ब्रान्डलाई किन लिने र प्रोमोसन गरिदिने भन्ने विषय पनि उठाइएको बोर्ड स्रोतले बताएको छ । “बाहिर देशमा पनि ब्रान्डिङ गर्न सजिलो हुन्छ भनेर नाम राखेर गइहालौँ भन्ने कुरा बैठकमा आएको थियो । तर, नेपाल चलचित्र उद्योगको होइन, अवार्डको पो ब्रान्डिङ होला जस्तो देखियो,” स्रोतले भन्यो । यही कारण बोर्ड केही समय होल्ड गरेर अरूको पनि विचार बुझ्ने पक्षमा पुगेको हो ।

बोर्ड बैठकको निर्णयपछि नामकरण गरिएको सिफारिस सञ्चार मन्त्रालयमा पठाउने तयारी थियो । मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेस गरेर अनुमोदन गरेपछि नेपाली चलचित्र उद्योगले आधिकारिक नाम पाउँछ भन्ने रणनीतिमा बोर्ड थियो ।

अब यो विषय बोर्डको स्थापना दिवससम्म थन्क्याउने पक्षमा बोर्ड रहेको स्रोतको दाबी छ । स्थापना दिवसमा बोर्डको लोगो र राष्ट्रिय चलचित्र दिवसको मिति सार्वजनिक गरेकै दिन नेपाली चलचित्र उद्योगको नाम घोषणा गर्ने कि भन्ने मनस्थितिमा बोर्ड पुगेको स्रोतले जानकारी दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu