site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रसियालाई शान्तिका निम्ति दबाब दिन युक्रेनी राष्ट्रपतिको आह्वान 

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आवश्यक सबै हिसाबले रसियालाई शान्तिका लागि दबाब दिन पश्चिमा नेताहरूलाई आग्रह गरेका छन् । स्पेनमा बोल्दै जेलेन्स्कीले युक्रेनलाई ध्वस्त गर्न अघि बढिरहेको रसियालाई रोक्न ठोस कदम चालिनुपर्ने जनाएका हुन् । उनले रसियाले क्रिमियालगायत युक्रेनका सबै भू–भाग रसियाले नछोडेसम्म आफूले रसियासँग प्रत्यक्ष सम्झौता नगर्नेसमेत बताएका छन् । 

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन निकटस्थ स्रोतहरूलाई उद्धृत गर्दै रसियाले कब्जा गरेका युक्रेनी भू–भागलाई सीमा क्षेत्र मानेर पुटिन शान्ति वार्ताका लागि तयार रहेको जनाएका थिए ।

Dabur Nepal
NIC Asia

युक्रेनका राष्ट्रपतिले युक्रेनविरुद्धको युद्धमा रसियाले उपलब्धी हासिल गरेको तर युक्रेनलाई पश्चिमाले दिएको हतियार कम भएको रुपमा पछिल्लो अभिव्यक्ति दिएको मानिएको छ । 

उनका अनुसार रसियाले युक्रेनमा महिनामा ३२०० गाइडेड एरियल बम फालिरहेको जनाउँदै त्यसविरुद्ध कसरी लड्ने भन्ने प्रश्न उठाएका छन् । मेड्रिडमा प्रधानमन्त्री पेड्रो सान्चेजसँगको भेटपछि पत्रकारसँगको कुराकानीमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सो बताएका हुन् ।

रसियाका राष्ट्रपति पुटिनलाई स्वीजरल्याण्डमा आगामी महिनाका लागि प्रस्तावित  शान्ति शिखर सम्मेलनमा आमन्त्रण  गर्न अस्वीकार समेत गरेका  छन् । सो शिखर सम्मेलनमा विश्वका ९० देशका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको जनाइएको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro