site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य मन्त्रालयको साढे ११ अर्ब खर्च लेखापरीक्षणभन्दा बाहिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ अर्बभन्दा बढी खर्चको विवरण लेखापरीक्षणका लागि उपलब्ध नगराएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

आइतबार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१औँ प्रतिवेदनमा 'हेल्थ सिस्टम स्ट्रेन्थेनिङ इमर्जेन्सी प्री पेडेन्स, एन्ड रेस्पोन्स’लगायतका ४२ वटा कार्यक्रममा आएको ११ अर्ब ५१ करोड २० लाख प्राविधिक तथा विविध सहायताको लेखापरीक्षण नगराएको पाइएको उल्लेख छ ।

Argakhachi Cement Island Ad

यस्तै, विभिन्न दातृ निकायबाट प्राप्त २५ करोड ५४ लाख ५० हजार वैदेशिक सहायता पनि गैरबजेटरी देखिएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ मा समेत कोरोनाकालमा दातृ निकायबाट प्राप्त सात अर्ब ७५ करोड १४ लाखको प्राविधिक तथा विवध सहायता खर्चको विवरण उपलब्ध नगराएको महालेखाको ६०औँ प्रतिवेदनमा उल्लेख थियो ।

त्यस्तै, दातृ निकायबाटै प्राप्त १७ अर्ब आठ करोड ४३ लाख ९२ हजारको खोप तथा खोप सामग्री प्राप्त भएकोमा सोको दाखिला र उपयोगको सम्बन्धमा पनि यकिन नभएको प्रतिवेदनमा उल्लेख थियो ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्