site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
सहकारी ठगीविरुद्ध कांग्रेसको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आइतबार सडक प्रदर्शन गरेको छ । गएको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार आइतबार काठमाडौंमा सहकारी ठगीविरुद्ध र पीडित पक्षमा कांग्रेसले प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गरिएको छ । 

कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सुरुमा उपत्यकाकेन्द्रित सडक आन्दोलन गरेको हो । 

विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको कांग्रेसको ठहर छ । मुलुकभरिका केही दर्जन ठूला सहकारी संस्थाहरूले मात्रै बचतकर्ताको दुई खर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्यहरू सार्वजनिक भएको अवस्थामा पनि सरकार गम्भीर नबनेपछि आन्दोलन गर्नुपरेको कांग्रेसको भनाइ छ ।

“३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठितरूपमा अपचलन, ठगी र दुरुपयोग गरेका छन् । हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएका छन्,” कांग्रेसले भनेको छ । 

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निकालिएको र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । सभालाई अहिले नेताहरूले सम्बोधन गरिरहेका छन् । 

Congress_protest_sunilpradhan_12khariphoto-(1)-1716717899.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(2)-1716717899.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(3)-1716717899.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(5)-1716717899.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(10)-1716717898.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(9)-1716717898.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(8)-1716717898.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(6)-1716717898.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(15)-1716717897.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(13)-1716717897.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(12)-1716717897.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(11)-1716717897.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(4)-1716717896.jpg

Congress_protest_sunilpradhan_12khariphoto-(14)-1716717896.jpg

congress-(3)-1716716264.jpg

congress-(4)-1716716264.jpg

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro