राजनीति
काठमाडौं । आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आगामी मंगलबार दिउँसो १ बजे संघीय संसद्मा प्रस्तुत गरिने भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतका निम्ति मंगलबार दिउँसो १ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरिएको जानकारी दिए ।
प्रतिपक्षी दलका सांसदको विरोधबीच आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिएपछि उनले समय निर्धारण गरिएको जानकारी दिएका हुन् । अघिल्ला वर्षहरूमा अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै आएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ १३:३७
प्रतिक्रिया दिनुहोस्