site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवरोधबीच नीति तथा कार्यक्रममाथिको जवाफ दिनुपर्दा दुःख लाग्यो : प्रधानमन्त्री 
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन अवरोधबीच नीति तथा कार्यक्रममाथिको जवाफ दिनुपर्दा नमिठो लागेको बताएका छन् । उनले अघिल्लो वर्षको नीति कार्यक्रममाथिको छलफलमा बजेटमा पनि पर्याप्त छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गरे । 

“एक वर्षपछि अर्को नीति तथा कार्यक्रमाथि छलफल गर्दैगर्दा सदन अवरोधको स्थितिकाबीचमा मैले सदनमा उठेका प्रश्नको जवाफ दिनुपरेको छ । मलाई बडो नमिठो लागेको छ । दुःखको महसुस भएको छ,” उनले भने । 

KFC Island Ad
NIC Asia

प्रधामन्त्री प्रचण्डले सदनको गतिरोध अन्त्यका लागि केही दिनदेखि लगातार राजनीतिक दलका नेतासँग छलफल गरिरहेको बताए । “बेला बेलामा धेरै सहमझदारीको नजिक पुगेको महसुस गरेका छौँ,” उनले भने । 

प्रचण्डले आइतबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सुनाए । उनले भोलि बिहानसम्म समझदारी हुने विश्वास व्यक्त गरे । 

“आज र भोलि बिहानसम्म बजेट वक्तव्य पढ्ने बेलामा सहमति र समझदारी बन्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । हामी त्यसको नजिकै छाँै,” उनले भने । उनले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro