site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइडिया ब्रान्डका नयाँ वाटर डिस्पेन्सरहरू नेपालमा

काठमाडौं । अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले तीन नयाँ मोडेलका वाटर डिस्पेन्सरहरू बजारमा ल्याउने भएको छ । यी नयाँ वाटर डिस्पेन्सरहरूले उच्च प्रविधि र उन्नत डिजाइन प्रदान गर्दै उपभोक्ताको जीवनशैलीलाई सहज बनाउने उद्देश्य राखेको कम्पनीले बताएको छ ।

पहिलो मोडल : टप लोडिङ– हट एन्ड नर्मल- ९ लिटरको स्पाइस्योस क्याबिनेट सहित आउँछ । जसले प्रतिघण्टा चार लिटर पानी तताउन सक्छ । यसको स्मार्ट र कम्प्याक्ट डिजाइनले सानो ठाउँमा पनि सजिलै फिट हुन्छ । ओभरहिट प्रोटेक्सन, डिट्याचेबल ड्रिप ट्रे र बोटल सपोर्ट जस्ता सुविधाहरू यसमा रहेका छन्। फुड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरी निर्माण गरिएको यो डिस्पेन्सर ५.१ केजी तौलको छ र यसको आयाम ३३०x३३०x८८५ मिमी छ।

दोस्रो मोडेल : टप लोडिङ– हट/नर्मल/कोल्ड कमप्रेसर कुलिङ- १६ लिटरको स्पाइस्योस क्याबिनेट सहित आउँछ । जसले प्रतिघण्टा चार लिटर तातो पानी र दुई लिटर चिसो पानी उत्पादन गर्न सक्छ । उच्च दक्षता कमप्रेसर कुलिङ र तीन-ट्याप डिजाइनले यसलाई विशेष बनाउँछ। यसमा बाल सुरक्षा लक, ओभरहिट प्रोटेक्सन, डिट्याचेबल ड्रिप ट्रे र बोटल सपोर्ट जस्ता सुविधाहरू छन्। फुड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरिएको यो डिस्पेन्सर १७.२ केजी तौलको छ र यसको आयाम ३१०x३६०x१००० मिमी छ।

तेस्रो मोडेल : टप लोडिङ– हट एन्ड नर्मल–  साना आकारमा प्रयोग गर्न उपयुक्त छ र यसले प्रतिघण्टा चार लिटर  पानी तताउन सक्छ। सजिलो पुस प्याडल र दुई-ट्याप डिजाइनले यसलाई प्रयोग गर्न सरल बनाउँछ। यसमा पनि ओभरहिट प्रोटेक्सन रहेको छ। फुड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरी निर्माण गरिएको यो डिस्पेन्सर २.३ केजी तौलको छ र यसको आयाम २५४x२९५x३८७ मिमी छ ।

यी तीन मोडलका पानी डिस्पेन्सरहरूमा उच्च दक्षता, ओभरहिट प्रोटेक्सन, फुड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल जस्ता सुविधाहरू रहेका छन् । हट, नर्मल र कोल्ड पानीको आवश्यकता पूरा गर्न सक्षम यी डिस्पेन्सरहरू सजिलो सफा गर्न मिल्ने र बाल सुरक्षा लक सहित सुरक्षित छन् ।

उपभोक्ताहरूले अब यी अत्याधुनिक पानी डिस्पेन्सरहरूमार्फत आफूलाई आवश्यक पर्ने विभिन्न प्रकारका पानी सुविधाजनक र सुरक्षित रूपमा पाउनेछन् । माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, रेफ्रिजेरेटर, डिशवासर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूले अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro