site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेभरकुजेनको अपराजित यात्रा तोड्दै एटलान्टाले जित्यो युरोपा लिग

काठमाडौं । सिजनभर अपराजित रहेको बायर लेभरकुजेनविरुद्ध ३–० को जित निकाल्दै एट्लान्टाले यूईएफए युरोपा लिगको उपाधि जितेको छ ।

बुधबार राति एभिभा रंगशालामा एट्लान्टालाई जित दिलाउन एडेमोला लुकमनले ह्याट्रिक गरे । युरोपियन फुटबलको इतिहासमा एटलान्टाले जितेको यो पहिलो उपाधि हो ।

खेलको १२औँ मिनेटमा लुकमनले गोल गर्दै एट्लान्टालाई अग्रता दिलाएका थिए । २६औँ मिनेटमा लुकमनले दोस्रो गोल गरेपछि पहिलो हाफमा एट्लान्टाले २–० को अग्रता बनाएको थियो । ७५औँ मिनेटमा लुकमनले ह्याट्रिक गरेपछि एटलान्टाले ३–० को जित निश्चित गरेको गर्‍यो । एट्लान्टाले पछिल्लो ६१ वर्षमा जितेको यो पहिलो उपाधि हो ।

यो नतिजासँगै जाभी अलोन्सोको प्रशिक्षणमा रहेको लेभरकुजेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यो सिजन लेभरकुजेन पछिल्लो ५१ खेलसम्म अपराजित थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro