site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यूनतम सेवा मापदण्डमा ठूला अस्पतालहरू नै कमजोर : अध्ययन
फाइल तस्बिर ।

काठमाडौं । नेपालका अधिकांश ठूला सरकारीस्तरका अस्पतालहरूमा सेवाग्राहीका निम्ति आधारभूत सेवाहरू नै अपर्याप्त रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।  विशिष्टीकृत अस्पतालहरूमा यो झनै कमजोर रहेको देखिन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्यूनतम सेवा मापदण्डमा सुशासन तथा व्यवस्थापन, चिकित्सकीय व्यवस्थापन र सहयोगी सेवाको अवस्थालाई हेर्ने गरेको छ । मापदण्डको २० प्रतिशत मापन संगठन व्यवस्थापन, जनशक्ति, वित्त, सूचना व्यवस्थापनका आधारमा गरिन्छ । 

यस्तै, चिकित्सकीय व्यवस्थापनका आधारमा ६० प्रतिशत र २० प्रतिशत संक्रामण रोकथाम, नियन्त्रण, हाउस किपिङ, मर्मतसम्भार, लत्ताकपडा आदिका आधारमा गरिन्छ । नेपाल हेल्थ फ्यासिलिटी सर्भे २०२१’ले आधारभूत अस्पतालहरूले न्यूनतम सेवा मापदण्डको अवस्था ६५ पूरा गरेको देखाएको छ । यस्तै, विशेषज्ञ अस्पतालहरूले ७९ प्रतिशत र विशिष्टिकृत अस्पतालहरूले ६१ प्रतिशत पूरा गरेको सर्भेको रिपोर्ट छ । 

आधारभूतदेखि विशेषसम्म सबै सुविधा भएका अस्पताल १७ प्रतिशत मात्रै रहेको रिपोर्टमा उल्लेख छ । सन् २०१५ मा यो दर जम्मा ११ प्रतिशत थियो । अस्पतालहरूमा अन्य स्रोत साधन उपकरणहरू पर्याप्त हुँदाहुँदै पनि जनशक्ति र आधारभूत सेवाहरूको अवस्था निकै कमजोर रहेको विज्ञहरू बताउँछन् । 

ठूला अस्पतालहरूमा समेत खानेपानी, शौचालय, कुरुवास्थललगायत आधारभूत सेवाहरू व्यवस्थित नभएको जनस्वास्थ्य विज्ञ डा. खेम कार्की बताउँछन् । “अहिले भएकै स्रोत साधनको सही व्यवस्थापन हुनसके हाम्रा अस्पतालहरू अन्तर्राष्ट्रिय स्तरका हुनसक्छन् तर संघीय अस्पतालहरूमा नै सेवाग्राहीका लागि आवश्यक खानेपानी, शौचालयजस्ता बेसिक कुरा नै छैनन्”, डा. कार्की भन्छन् ।  

यस्तै, ठूला अस्पतालहरूका बहिरंग (ओपीडी) सेवा लिने क्रममा गोपनीयता नहुनु पनि अहिलेको चुनौती बनेको डा. कार्कीको बुझाइ छ । ठूला अस्पतालका ओपीडीमा बिरामीको चाप अधिक हुने तर, कुरुवा तथा परामर्श कक्षको व्यवस्थापन राम्रो नहुँदा बिरामीले खुलेर आफ्ना समस्या राख्ने वातावरण नभएको उनको अनुभव छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंह समग्र स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा नपर्नुले पनि अस्पतालहरूको गुणस्तरमा प्रभाव पारेको औँल्याउँछन् । 

पछिल्ला केही वर्षयता सेवाको गुणस्तर सुधार भए पनिले  सन्तोषजनक भने नभएको उनी स्वीकार गर्छन् । “स्वास्थ्यका सूचकहरू सन् २०१५ यता सुधार त भएको छ, तर समग्र स्वास्थ्य प्रणालीमा उल्लेख्य सुधारको खाँचो छ, अस्पतालहरूको गुणस्तरमा ८३ प्रतिशत गुणस्तरमा सुधार गर्नु अहिलेको आवश्यकता हो,” डा. सिंहको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro