site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यून गुणस्तरको पाइएपछि सीटीएल कम्पनीको पुनर्जलीय औषधि बिक्रीमा रोक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । औषधि व्यवस्था विभागले एक नेपाली कम्पनीको पुनर्जलीय औषधि बिक्रीमा रोक लगाएको छ । चितवनको सीटीएल फार्मास्युटिकल्सबाट उत्पादित  ‘शक्तिजल’ नामक पुनर्जलीय झोल बनाउने औषधिको ब्याच नम्बर एसजे ७९१६ मा समस्या देखिएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षाणपछि न्यून गुणस्तरीय पाइएको भन्दे उक्त ब्याचका ती प्याकेटको बिक्री वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ । खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोग समेत नगर्न सबैमा विभागले आग्रह गरेको छ ।

उत्पादक कम्पनीलाई हाल बजारमा रहेको उक्त औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन भनिएको छ ।

नेपाल औषधि लिमिटेडले ‘जीवनजल’ नाम दिएको पुनर्जलीय झोल निजी कम्पनीहरूले विभिन्न शीर्षकमा उत्पादन गर्दै आएका छन् ।

dda-1716273566.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro