site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेलायतका प्रधानमन्त्रीले गरे गोर्खा सैनिकको प्रशंसा, भने– नेपाली डायस्पोरको कामबाट प्रेरित छु 
SkywellSkywell

काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायती सेनामा कार्यरत नेपाली (ब्रिटिस गोर्खा)को प्रशंसा गरेका छन् । सोमबार बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिटमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्ने क्रममा उनले ब्रिटिस गोर्खाको प्रशंसाा गरेका हुन् । 

नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको १०० वर्ष पूरा भएको अवसरमा टेन डाउनिङ्ग स्ट्रिटमा विशेष समारोहको आयोजना गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामहरूका बारेमा धारणा राखेका थिए । 

Dabur Nepal
NIC Asia

बेलायती राजा चार्ल्सले विगतमा गरेको नेपाल भ्रमणको स्मरण गर्दै उनले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताएको लन्डनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बेलायतका प्रधानमन्त्री सुनकले बताएका थिए । 

समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालका प्रधानमन्त्रीका तर्फबाट शुभकामना व्यक्त गरेका थिए । उनले सन् १९२३ मा सम्पन्न मैत्री सन्धिको महत्वको बारेमा जानकारी दिंदै उक्त सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका थिए ।

नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका बारेमा जानकारी दिँदै उनले बेलायतले नेपालको विकासमा पु¥याएको सहयोगको लागि धन्यवाद दिएका थिए । आगामी १०० वर्षमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रहरूमा विस्तार गरी सम्बन्ध अझ सुदृढ हुने विश्वास उनले व्यक्त गरेका थिए ।

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायत र नेपालबीचको अत्यन्त घनिष्ठ सम्बन्ध रहेको जनाए । उनले बेलायतले नेपालको विकास प्रयासहरूमा गरिरहेको सहयोग जारी राख्ने र आर्थिक सम्बन्धलाई थप विस्तार गरी नेपालको मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । 

कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेका नेपाली समुदाय, भूतपूर्व गोर्खाहरू, बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरू लगायतको उपस्थिति थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu