site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माइक्रो र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

चितवन । माइक्रोबस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर एकापसमा ठोक्किएका इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४, कुरिनटारमा मंगलबार (आज) बिहान ती दुई सवारीसाधन एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

Dabur Nepal
NIC Asia

घाइतेमध्ये १२ लाई उपचारका निम्ति नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

‘ओभरटेक’ गर्ने क्रममा माइक्रोबस टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केही बेर अवरुद्ध भएको राजमार्गमा पुनः सवारीसाधन आवागमन नियमित सञ्चालनमा छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro