site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसमाथि खनिए ओली, भने– धेरैको जन्मकुण्डली हामीलाई थाहा छ 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसमाथि खनिएका छन् । बुधबार पार्टीको संसदीय दलको बैठकमा उनले कांग्रेसले संसद् अवरोध गरेकोमा आपत्ति जनाए । 

एमालेले संसद् चल्न नदिएको आरोपको खण्डन गरे । उनले संसद्‌मा कांग्रेसको दादागिरी नचल्ने बताए । उनले सहकारी प्रकरणमा आरोप लगाइएका गृहममन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने बताए । उनले सांसद टेकबहादुर गुरुङप्रति लक्षित गर्दै अदालतले भ्रष्टाचार ठहर गरेको व्यक्तिले संसद्‌मा नाराबाजी लगाइरहेको बताए ।

Dabur Nepal
NIC Asia

“नेपाली कांग्रेसलाई सरम हुनुपर्दछ, मुद्दा हारेका भ्रष्टाचारमा अपराधी हो भनेर अदालतले फैसला गरेको मान्छे आएर । जसको केही मुद्दा छैन । उ चाहिँ भ्रष्टाचारी हो छानबिन आयोग गठन गर भन्ने ?,”  उनले भने, “भ्रष्टाचारी ठहर भएकाले नारा लगाइरहेका छन् । भ्रष्टाचारी ठहर भएका सांसदलाई बाहिर निकाल्नुपर्दैन । नियम कानुन नेपाली कांग्रेसले पढ्या छैन ?” 

उनले कांग्रेस अनेक आरोपमा फाइल दबाउँदैमा हैरान भएको बताए । उनले एउटा पार्टी, गुटको स्वार्थका लागि संसद् बन्दक बनाउन नसकिने बताए ।

संसद्‌मा निगाहको समय नचाहिने भन्दै आपत्ति जनाएका कांग्रेस महामन्त्री गगन थापामाथि पनि खनिए । “सभामुखले तपाईंलाई समय दिएभन्दा निगाहको समय चाहिँदैन भनेर उदण्डता प्रस्तुत गर्ने । सभामुखसँग कस्तो भाषा हो त्यो ?,” ओलीले प्रश्न गरे । 

उनले आफूहरू संसद् सुचारु गर्ने पक्षमा रहेको बताए । ओलीले कांग्रेसका नेताहरूको जन्मकुण्डली थाहा भएको चेतावनी समेत दिए । “संसद् सुचारु गर्ने पक्षमा छौँ । कहिँकतै अभियोजन केही छ भने अभियोजन भएको ठाउँबाट चल्ला । कांग्रेसले नै प्रमाणित ठोकिदिने,” ओलीले भने, “कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro