राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो साढे १२ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठक वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरोध गर्दै आएको छ । संसद् अवरोधलगायत विषयमा छलफल गर्न लागिएको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ ११:४४
प्रतिक्रिया दिनुहोस्