द हेग । दक्षिण अफ्रिकाको अनुरोधमा संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय अदालतले इजरायलाई रफाहमा आक्रमण रोक्न आपत्लीन आदेश लागु गर्न बिहीबार र शुक्रबार सुनुवाइ गर्ने भएको छ ।
हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले बिहीबार दक्षिण अफ्रिकाका वकिलहरूको तर्फबाट बयान सुन्ने र अर्को दिन इजरायलको प्रतिक्रिया बयान सुन्ने एक विज्ञप्तिमा बताएको छ ।
यस महिनाको सुरुमा प्रिटोरियाले रफाहमा भएको आक्रमणलाई लिएर इजरायललाई ‘तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न’ आदेश दिन माग गर्दै अन्तर्राष्ट्रिय अदालतमा निवेदन दिएको थियो ।
यसले इजरायललाई गाजामा मानवीय सहायताको अवरोध हटाउन र यसको पहुँचलाई सहज बनाउन सबै प्रभावकारी उपायहरू अवलम्बन गर्ने आदेश दिन पनि अदालतलाई अनुरोध गरेको थियो ।
हालका दिनहरूमा लगभग चार लाख ५० हजार प्यालेस्टिनी र उत्तरी गाजाबाट करिब एक लाख सर्वसाधारण रफाहबाट विस्थापित भएको राष्ट्र संघीय एजेन्सीले बताउनुका साथै उक्त क्षेत्रमा कुनै ठाउँ सुरक्षित नरहेको चेतावनी दिएका छन् ।
इजरायली आधिकारिक तथ्यांकअनुसार इजरायलमा अक्टोबर ७ मा हमासको आक्रमण पछि सबैभन्दा रक्तपातपूर्ण गाजा युद्ध सुरु भएको हो । हमासको आक्रमणमा एक हजार १७० भन्दा बढी मानिसको मृत्यु भएको थियो । रासस/एएफपी