site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ओली प्रभावित नीति तथा कार्यक्रम : पानीजहाज कानुन बनाउनेदेखि केरुङबाट रेलसम्म समेटिए 

काठमाडौं । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली हाबी देखिएका छन् । ओलीले ०७४ सालमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेका थिए । त्यसअन्तर्गतको पानीजहाजसम्बन्धी कानुन निर्माणको विषय आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

“समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने कानुन प्रबन्ध गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

सुनकोसी र नारायणी नदीमा टर्र्मिनलसहितको जलमार्ग बनाउने पनि सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

ओलीले ०७४ सालको निर्वाचनमा नेपालको पानीजहाज हुने घोषणा गरेका थिए । आफू प्रधानमन्त्री बनेपछि उनले ०७६ पुस १८ गतेलाई पानीजहाजको टिकट काट्ने मिति भनेर घोषणा गरेका थिए । पानीजहाजको कार्यालय स्थापना गर्दै ओलीले नेपालमा पानीजहाज युगको सुरुआत भएको घोषणा समेत गरेका थिए ।

ओलीले ०७४ सालकै निर्वाचनताका तीन वर्षभित्र चीनको केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल सञ्चालन गर्ने घोषणा गरेका थिए । ओलीको ४० महिने कार्यकालभर सम्भाव्यता अध्ययन समेत नभएको काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने विषय योपटकको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro