site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
टेलिकमको आम्दानी ६ प्रतिशतले घट्यो, नाफा साढे पाँच अर्ब

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८०/०८१ को नाै महिनामा ३१ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । टेलिकमले चैतमसान्तसम्म ३१ अर्ब २० करोड ४८ लाख ५८ हजा र रुपैयाँ आम्दानी गरेको हो ।

टेलिकमको आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०३ प्रतिशत अर्थात् दुई अर्ब ३७ लाख सात हजार रुपैयाँले आम्दानी घटेको छ । टेलिकमले सोमबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक विवरणअनुसार खुद नाफा भने गत वर्षको तुलनामा ३.३६ प्रतिशत बढी छ ।

Dabur Nepal
NIC Asia

नाै महिनामा टेलिकमको खुदनाफा पाँच अर्ब ५९ करोड ३७ लाख ६८ हजार रहेको छ । टेलिकमको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिमा पाँच अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ थियो ।

तेस्रो त्रैमासिकमा कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४४ पैसा रहेको छ । ओटीटी प्लेटफर्मको बढ्दो प्रयोग कारण अन्तरआवद्धता आय ९४ करोड ४९ लाखले घट्दा आम्दानी घटेको टेलिकमले जनाएको छ।

कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा सेवा विस्तार र गुणस्तर सुधार गरिरहँदा लागत बढिरहेको टेलिकमको भनाइ छ । सेवा दररेट परिवर्तन र बैंकको ब्याजदर परिवर्तनलगायतले पनि आम्दानी घटेको टेलिकमले जनाएको छ ।

यसअवधिमा टेलिकमको सञ्चालन आय गत आवको तुलनामा एक अर्ब ८६ करोड ५३ लाखले घटेर २५ अबै ४८ करोड १२ लाख रुपैयाँ रहेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro