site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चिसो लाभाबाट इन्डोनेसियामा ३७ जनाको मृत्यु
तस्बिर : ईपीए ।

जकार्ता । ज्वालामुखीबाट आएको बाढी र चिसो लाभाका कारण पश्चिमी इन्डोनेसियाको सुमात्रा द्वीपमा ३७ जनाको मृत्यु भएको छ । शनिबार घण्टौँको वर्षाले मारापी पर्वतबाट ढुंगा र खरानी बगाएको थियो । मारापी सुमात्राको सक्रिय ज्वालामुखी जाने क्षेत्र हो ।

चिसो लाभाले दुई जिल्ला डुबानमा परेको छ । त्यसकै कारण मानिसको मृत्यु हुनुका साथै १०० घर, मस्जिद र सार्वजनिक सुविधा क्षतिग्रस्त भएको छ ।

Dabur Nepal
NIC Asia

अधिकारीहरूले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन् । अझै १८ मानिस हराइरहेका छन् । ज्वालामुखीमिश्रित पदार्थ र ढुंगाहरू वर्षाको समयमा बगेर आवासीय क्षेत्रतर्फ आउँदा यस्तो अवस्था उत्पन्न भएको हो ।

“मैले गडगडाहटको आवाज सुनेँ, जुन आवाज उम्लिएको पानीको जस्तो थियो । यो आवाज मारापी पर्वतबाट झरेको ठूलो ढुंगाको थियो,” आगम जिल्लाकी ४३ वर्षीया गृहिणी रिना देभिनाले एएफपीसँग भनिन् ।

उद्धार दलका सदस्यले आइतबार अपराह्नसम्म १९ शव स्थानीय आगम र नौ शव तानाह दातार जिल्लामा फेला पारेका थिए । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro