site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुहाङले पाए साढे २२ हजार मत, डम्बर ६,२६४ मतले पछाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा अग्रस्थानमा रहेका नेकपा (एमाले)का सुहाङ नेम्वाङले २२ हजार ४९२ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले १६ हजार २२८ मत पाएका छन् । उनीहरूबीच ६ हजार २६४ को मतान्तर छ ।

Argakhachi Cement Island Ad

तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले १० हजार २५१ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले तीन हजार ७६८ मत पाएका छन् ।

गत शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २३:३७
प्रतिक्रिया दिनुहोस्