site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलाममा अब ९ वडाको मात्रै गणना गर्न बाँकी, सुहाङ साढे ६ हजार मतले अगाडि
Tiktok banner adTiktok banner ad

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब इलाम नगरपालिकाभित्रका ११ मध्ये ९ वडाको मत गणना गर्न बाँकी छ ।

योसँगै नेकपा (एमाले) जितनजिक पुगेको छ । प्राप्त तथ्यांक अनुसार एमालेका सुहाङ नेम्वाङले २१ हजार ३८० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले १४ हजार ७५२ मत पाएका छन् । 

उनीहरूबीचको मतान्तर ६ हजार ६२८ रहेको छ ।

पहिचानवादी तर्फबाट स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले १० हजार १४७ मत पाएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार मिलन लिम्बूले तीन हजार ६०९ मत पाएका छन् । 

अहिलेसम्म ५२ हजार २७३ मत गणना भएको छ । जसमा ६७८ मत बदर हुँदा ५१ हजार ५९५ सदर भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  २२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro