site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निरन्तर चार दिनदेखि पोखराको उडान प्रभावित, १०० रद्द

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार दिनयता उडान र अवतरण अवरुद्ध भएको छ । प्रतिकूल मौसमका कारण गएको शुक्रबार र शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा ठप्प भएको थियो । 

त्यहाँ आइतबार दिउँसो १ बजेदेखि उडान/अवतरण भएको थियो । सोमबार बिहानै पोखराबाट बुद्ध एयरका दुई विमान उडे । त्यसपछि अपराह्न १२ बजेसम्म कुनै उडान/अवतरण हुन नसकेको पोखरा विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमान उडानका निम्ति एक हजार ६०० र अवतरणका लागि एक हजार भिजिबिलिटी आवश्यक हुन्छ । तर, हाल पोखरामा भिजिबिलिटी २५ सय छ । सोमबार बिहान पोखराको भिजिबिलिटी तीन हजार थियो ।

“पोखराको भिजिबिलिटी बिहान तीन हजार थियो । अहिले दुई हजार ५०० मा झरेको छ । प्रदूषणका कारण पोखराको मौसम खुल्न सकेको छैन । अहिले तुवाँलो र हेज लागेर मौसम खुल्न सकिरहेको छैन । आज मौसम खुल्ने सम्भावन एकदमै न्यून छ,” मौसमविद् हिरा भट्टले बाह्रखरीसित भने ।

चार दिनमा करिब १०० उडान रद्द
काठमाडौं–पोखरा रुटमा शुक्रबारदेखि आइतबारसम्म बुद्ध एयरका ४५ उडान रद्द भएको छ । बुद्धको काठमाडौं–पोखरामा दैनिक १७ उडान तालिका छ । शुक्रबार र शनिबार सबै उडान रद्द भएको थियो । आइतबार ६ उडान भयो । आज पनि अब उडान हुन्छ/हुन्न भन्न सकिने अवस्था नरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए ।

काठमाडौं–पोखरा रुटमा बिहीबारयता यती एयरलाइन्सका पनि ३४ उडान रद्द भएको छ । बिहीबार यतीका ६, शुक्रबार र शनिबार १०/१० र आइतबार आठ उडान रद्द भएको थियो । आज पनि कति उडान रद्द हुन्छ भन्ने यकिन नरहेको प्रवक्ता सुदर्शन बर्तौलाले बताए । काठमाडौं–पोखरा यतीको दैनिक १० उडान तालिका छन् ।

यो रुटमा श्री एयरलाइन्सले दैनिक तीन उडान गर्दै आएको छ । श्रीका पनि शुक्रबार र शनिबार तीन/तीन र आइतबार दुई उडान रद्द भएको थियो ।

जल तथा मौसम विज्ञान विभाग पोखरा शाखाका अनुसार सोमबार पनि मौसम खुल्ने सम्भावना न्यून छ । पोखरा आसपासमा लागेको डढेलो र सडक निर्माणका कारण प्रदूषण भएको भट्टले जानकारी दिए ।

“पोखरा–काठमाडौं सडक निर्माणको काम भइरहेको छ । त्यसबाट निस्केको प्रदूषण, विभिन्न क्षेत्रमा लागेको डढेलोले पोखराको मौसम प्रदूषण देखिएको छ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro