site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुलाचुली गाउँपालिकाको तीन वडाको गणना सकियो, रास्वपाले पायो हजार मत

इलाम । फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको तीन वडाको मतगणना हुँदा रास्वपाले एक हजार मत प्राप्त गरेको छ ।

फाकफोकथुमबाट ६४५ मत पाएको रास्वपाका उमेदवार मिलन लिम्बुले चुलाचुलीको १, २ र ३ नम्बर वडाबाट ३५५ मत पाएका छन् । यो सँगै उनको मत एक हजार पुगेको छ ।

भर्खरै चुलाचुलीको वडा नम्बर ३ को मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त तथ्यांकअनुसार तीन वडाको ६ हजार ४४४ मत गणना हुँदा एमालेले अग्रता कायमै राखेको छ । एमाले उमेदवार सुहाङ नेम्वाङले तीन वडाबाट एक हजार ९९० मत प्राप्त गरेका छन् । उनले कुल ६ हजार ४०३ मत पाएका छन् ।

यस्तै, दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले यहाँबाट एक हजार ५२२ मत पाएका छन् । उनको कुल मत ४७८० रहेको छ । अर्थात् सुहाङ एक हजार ६२३ मतले अघि लागेका छन् ।

यी तीन वडाबाट स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले दुई हजार २२५ मत पाउँदा कुल मत तीन हजार १८८ मत पाएका छन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro