site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक : मन्त्री अर्याल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विकास परिषद्को बैठकमा उनले यस्तो बताएका हुन् ।

नयाँ योजना बनाउनुअघि विगतका कति सफल भए भन्नेबारेमा निर्मम समीक्षा गरिनुपर्नेमा उनले जोड दिए । उनले गरिबी, आम्दानी, शिक्षा, स्वास्थ्य, जीवनस्तर उकास्न सबैको केन्द्रविन्दु रोजगारी भएकाले आर्थिक वृद्धिको गति बढाउने योजना अघि सार्न आवश्यक रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

एउटा योजनामा सबै समेट्ने कारणले स्रोत छरिने र विकास सम्भव नहुने उनले उल्लेख गरे । उनले रोजगारमूलक आर्थिक विकासका निम्ति कृषि र उद्योगको विकास महत्त्वपूर्ण रहेको जिकिर गरे ।

स्वास्थ्य र शिक्षामा गरिएको लगानी र प्रतिफलको निर्मम समीक्षा हुन आवश्यक रहेको उनले बताए । उनले संघीयताको प्रयोग सबै राजनीतिक दल र कर्मचारीतन्त्रमा नयाँ भएकाले बहस गर्न आवश्यक रहेकामा जोड दिए । सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यका निम्ति निर्मम हुन नसके विकास सम्भव नरहेको उनले बताए ।

Global Ime bank

मन्त्री अर्यालले योजना सफल बनाउन कर्मचारीतन्त्रले विशेष ध्यान दिन जरुरी रहेको औँल्याए । उनले कर्मचारी, राजनीतिक नेतृत्व र मन्त्रीहरूबीचमा विश्वासको खाडल परेको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !