site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खोटाङमा डढेलो गाउँमा फैलँदा १३ घर खरानी
प्रतीकात्मक तस्बिर ।

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ घर खरानी भएको छ । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ घर, सात मचान र दुई गोठ खरानी पारेको हो । क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन ।

बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार, भीरगाउँका मोहनलाल थापामगरका दुई घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुई गोठ, सुवास थापामगरको घर र मचान र मदन थापामगरको घर जलेको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, डढेलोले डान्सिङटारका गंगामाया मगरका दुई घर र दुई मचान, ४० बाख्रा, आधा तोला सुन, नगद ५० हजार रुपैयाँलगायत सामग्री जलेको छ ।

यसैगरी, खोर्साने गाउँका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर जलेको छ । डढेलोले डाँडाखर्क गाउँका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ । खोर्सानेकै छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ ।

रक्तमाला सामुदायिक वनमा लागेको डढेलोले भञ्ज्याङका बमबहादुर मगरको भान्छाघर र बाख्राखोर खरानी भएको जनाइएको छ ।

डढेलो डाँडाखर्क र खाल्लेबीच, पोखरी–राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय बासिन्दाले बताएका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डढेलो निभाउने प्रयास गरिरहेको भए पनि त्यो सफल नभएको स्थानीय भुवन श्रेष्ठले बताए ।

गएको साउनदेखि हालसम्म जिल्लामा १०९ आगलागीका घटना हुँदा चार करोड नौ लाख २२ हजार ६०० रुपैयाँबराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro