site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासले सार्वजनिक गर्‍यो बन्धकको नयाँ भिडियो

गाजा । प्यालेस्टिनी लडाकु समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ ।

भिडियो गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा दक्षिणी इजरायलको नोभा म्युजिक फेस्टिभलबाट अपहरणमा परेका हर्श गोल्डबर्ग–पोलिनको भएको इजरायली सञ्चारमाध्यमले बताएका छन् । 

Dabur Nepal
NIC Asia

भिडियोमा बोल्ने व्यक्तिले भनेका छन्, "त्यो दिन म आफ्ना साथीहरूसँग टहलिन कार्यक्रमस्थलमा गएको थिएँ । कार्यक्रमस्थलमा एक्कासि आक्रमण भयो । म होसमा आउँदा मैले मेरो शरीरभरि गम्भीर चोट लागेको थाहा पाएँ भने आफूलाई चोटका कारण जीवन र मरणको दोसाँधमा संघर्ष गरिरहेको भेटेँ ।"

यद्यपि, भिडियोको प्रामाणिकता र समय एएफपीले स्वतन्त्ररूपमा पुष्टि गर्न सकेको छैन ।

यो भिडियो हमासको आधिकारिक टेलिग्राम अकाउन्टमा पोस्ट गरिएको हो ।

गत अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका करिब २५० व्यक्तिमध्ये १२९ जना गाजामै रहेको इजरायली सेनाको अनुमान छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro