site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगानी सम्मेलनलाई सफल बनाउन सबै दलहरू एक ठाउँमा छन् : अर्थमन्त्री पुन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनलाई सफल बनाउन सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले कुनै राजनीतिक दल, सरकार र गठबन्धन विशेषको लगानी सम्मेलन नभएकाले देशको हित हुने काममा सबै राजनीतिक दलहरू एक ठाउँमा रहेको बताए ।

उनले सत्तापक्ष, प्रतिपक्ष र कहिले गठबन्धनमा भए पनि वैदेशिक लगानी र आन्तरिक लगानीमा राजनीतिक दलहरूका प्रतिबद्धताहरू समान रहेको बताए । लगानी सम्मेलनमा सत्तापक्ष र प्रतिपक्ष भन्ने भाव नरहने उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सत्ता समीकरण परिवर्तन भएका बेला नेपाल देशको नीति परिवर्तन नभएको भन्दै लगानीका लागि सरकारले आवश्यक वातावरण बनाउने बताए ।

"अब राजनीतिकरूपले लगानी सम्मेलन के हुन्छ भन्ने प्रश्न छ । हामी यसलाई कुनै पार्टी, सरकार विशेषको, कुनै गठबन्धन विशेषको नहोस् भनेर हामी यसलाई उद्घाटनदेखि समापनसम्म सबै सेसनमा सबै प्रवृत्तिहरू देखिने गरी काम गर्दै छौँ । त्यहाँ विज्ञ पनि होस्, लगानी कर्ताहरू पनि होउन्, राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपले लेन्डरहरू पनि होऊन्, अरू सक्सेस स्टोरीहरू होऊन् । जसले सबैलाई प्रेरित गरोस्," उनले भने ।

Global Ime bank

अर्थमन्त्री पुनले लगानीकर्ताहरूले प्रतिबद्धता व्यवहारमा देखाउने कुरा र नीतिको निरन्तरतामा विशेष जोड दिएको बताए । उनले नेपालमा रहेका लगानीकर्ताहरूको मनोबल उच्च भएमात्रै अरू लगानीकर्ता आउने भएकाले सरकार त्यसमा लागिरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement