site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले सोमबार भएको सुनुवाइपछि कारण देखाउ जारी गर्दै अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।
 
सुदूरपश्चिम प्रदेशमा बहुमतसहित मुख्यमन्त्री दाबी गरेका लक्ष्मणकिशोरको प्रस्ताव प्रदेश प्रमुख नजिर मियाँले रद्द गरी पुनः संविधानको धारा १६८(२) कै सरकार गठनका लागि आह्वान गरेका थिए । प्रस्ताव प्रस्तुत भइसकेपछि दुई दिनको समय मागेका प्रदेश प्रमुख मियाँले सत्ता गठबन्धनको सरकार नबन्ने अवस्था आएपछि प्रस्ताव रद्द गरेका थिए ।

गठबन्धनका तर्फबाट दाबी गरेका नाउपाकै सांसद कैलाश चौधरी र कांग्रेसको समर्थनमा दाबी गरेका लक्ष्मणकिशोर दुवैको प्रस्तावमा दाबी नपुग्ने भन्दै रद्द गरेर प्रदेश प्रमुख मियाँले दुई दिनको हदम्यादसहित नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । 

लक्ष्मणकिशोरले बहुमत प्राप्त प्रस्तावमा दाबी नपुगेको भन्दै  प्रदेश प्रमुख मियाँको रद्द गर्ने पत्र असंवैधानिक भएको, दाबी परेको दोस्रो दिन असंवैधानिक रूपमा समर्थन फिर्ता लिन दिइएको र अल्पमतका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरेको उनको दाबी छ । लक्ष्मणकिशोरले दाबी नपुगेको भन्ने प्रदेश प्रमुखको निर्णय खारेज गरी आफूलाई मु्ख्यमन्त्री नियुक्त गर्नका लागि अन्तरिम आदेश माग गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro