site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालका कम्युनिस्टहरू नवसामन्तका रूपमा उदाए : नैनसिंह महर
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपालका कम्युनिस्टहरू नवसामन्तका रूपमा उदाएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको कार्यक्रममा नेता महरले ७५ वर्ष लामो इतिहास भएको कम्युनिस्ट पार्टीका नेताहरूमा समाजवादको आवरणमा सामन्तवाद हुर्किएको बताए ।

उनले बर्सौंको अभ्यासबाट पनि उनीहरूमा लोकतान्त्रिक प्रतिबद्धता र चरित्र विकास हुन नसकेको बताए । 

Dabur Nepal
NIC Asia

“कांग्रेसले ओली नेतृत्वको नेकपा सरकारलाई सत्ता सुम्पिँदा मुलुकको ऋण भार ६ खर्बमात्र थियो । केपी शर्मा ओली सत्ताबाट बाहिरिँदा झन्डै १७ खर्बको हाराहारीमा पुग्यो,” महरले भने, “बरालिएको अर्थतन्त्रलाई कांग्रेसले पुनः गतिमा ल्याउनै लाग्दा पुष्पकमल दाहालको कपटपूर्ण चरित्रले गठबन्धन फेरियो र एमालेसहितको सरकार बनेको छ ।”

उनले कम्युनिस्टहरूको सरकार बनेसँगै सत्ताको चरम दुरुपयोग सुरु भएको भन्दै राज्यकोषको दोहनले परिस्थिति पुनः जटिलतातर्फ फर्कने जोखिम बढेको बताए ।

'सहकारी ठग'लाई कानुनी दायरामा ल्याउनको सट्टा संरक्षण दिएर सत्ता जोगाउन लागिपरेको उनको आरोप थियो ।

“सहकारी ठगलाई कानुनी दायरामा ल्याएर जनतालाई राहत दिनुपर्नेमा सरकार उल्टै सहकारी ठगहरूलाई जोगाउने खेलमा लागिरहेको छ,” महरले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro