site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा परेको छ ।

गण्डकी प्रदेशमा सभामुखसहितको हस्ताक्षरमा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीलाई चैत २५ गते मुख्यमन्त्री बनाइएको थियो । त्यसविरुद्ध प्रदेशसभामा पहिलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

पाण्डेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेशमार्फत अधिकारीको सरकारलाई कामचलाउ बनाइदिएको थियो । दीर्घकालीन असर पर्ने कामकारबाही नगर्न÷नगराउन अन्तरिम आदेश जारी भएको थियो । तर, मुख्यमन्त्रीमा विश्वासको मत लिन प्रदेशसभा अधिवेशन आह्वानका निम्ति सिफारिस गरेपछि पाण्डेले पुनः अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गराएका छन् । चैत २८ गते नै तोकिएको पेसीअनुसार आज सुनुवाइ हुन लागेको हो ।

सभामुखको हस्ताक्षरमा मुख्यमन्त्री बन्न नपाइने भन्दै यसअघि सर्वोच्चले प्रतिपादन गरेको सिद्धान्त नजिरका रूपमा प्रयोग भए गण्डकी सरकार आजै ढल्न सक्छ । कोसी प्रदेश सरकारविरुद्धको रिटमा यसअघि न्यायाधीश मल्लसहितको इजलासले सभामुख बहुमत÷अल्पमतको प्रक्रियामा सामेल हुन नहुने र बराबर मत हुँदा मात्र मतदान गर्न सक्ने व्याख्या गरेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro