site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपमहानगरको निर्णय निजी विद्यालयले मानेनन् : शुल्क मापदण्ड र एउटै पोसाक लागु नगर्ने

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकालाई अटेर गर्दै सो क्षेत्रका निजी विद्यालयले पूर्ववत् ढंगले नै शुल्क लिने निर्णय गरेका छन् । इटहरी क्षेत्रका संस्थागत विद्यालयले उपमहानगरले तय गरेको एउटै पोसाक पनि नमान्ने निर्णय गरेका छन् ।   

उपमहानगरले शिक्षा क्षेत्रमा सुधार गर्ने २७ बुँदे संकल्प पत्र सार्वजनिक गर्दै २०८१ लाई शैक्षिक सुधार वर्षको रूपमा अघि बढाउने निर्णय गरेको थियो । उपमहानगरले तय गरेको शुल्क लिन सूचित गरेको थियो । 

निजी विद्यालयका छाता संगठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एसोसियसन इटहरीद्वारा विद्यालयमा गरिएको सकुर्लरअनुसार शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचनाअनुसार नै लिने उल्लेख छ । उपमहाननगरपालिकाले भने विगतभन्दा कतिपय विद्यालयले अनावश्यक शुल्क बढाएर शैक्षिक सत्र सुरु हुनुअघि नै प्रस्ताव पेस गरेको जनाएको थियो ।

Dabur Nepal
NIC Asia

स्थानीय सरकारले संस्थागत विद्यालयले विद्यार्थीबाट उठाउने शुल्कलाई व्यवस्थित गरी व्यावहारिक रूपमा कार्यान्वयन गराई पारदर्शी गर्ने मुख्य उद्देश्यका साथ अभियान चलाएको थियो । जसमा वृहत्त शैक्षिक अन्तर्क्रिया समेत गरेको थियो । त्यही वृहत्त शैक्षिक अन्तर्क्र्रियाबाट इटहरी उपमहानगरपालिकाको संकल्प पत्र सार्वजनिक भएको थियो । एकै प्रकारको पोसाक इटहरीभरी लागु गर्ने पनि निर्णय भएको थियो । 

एकै प्रकारको पोसाक लागु गर्ने निर्णयविरुद्ध निजी विद्यालयको छाता संगठन प्याब्सन इटहरीले उच्च अदालत विराटनगरमा रिट समेत दायर गरेको थियो । सो रिटमा आन्तरिम आदेश नहुने आदेश भएको थियो । निजी विद्यालय सञ्चालकले उपमेयर संगीता चौधरीको पनि निजी स्कुल रहेको र सो कुराले आफूहरूलाई साथ मिलेको समेत सर्कुलमार्फत पठाएका छन् ।

इटहरीका निजी विद्यालयका छाता संगठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एसोसियसन इटहरीद्वारा पोसाक लागु नगर्न र शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचनाअनुसार नै लिन सकुर्लर गर्दै स्थानीय सरकारका तर्फबाट कुनै शिक्षालय वा शिक्षालयमाथि कारबाही भए संगठनले जिम्मेवारी लिने उल्लेख गरिएको छ । 

यस्तो निर्णयले अभिभावक भने चक्र्रो शुल्क तिर्न बाध्य हुने भएका छन् । इटहरी उपमहानगरपालिका शिक्षा शाखाअनुसार यहाँ निजी विद्यालयले वार्षिक शुल्क, अन्य शुल्क, विविध शुल्कजस्ता अनेक शुल्क लिँदा अभिभावक मारमा परेका छन् । 

यहाँका निजी विद्यालयले विधि, ऐन र कानुन मान्नुपर्नेमा त्यसलाई अटेर गर्दै आएका छन्। नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ अनुसार बालबालिकाको आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ । तर, इटहरी क्षेत्रमा निजी विद्यालयले चर्को शुल्क लिने गरेका छन् ।

उपमहानगरले भर्ना शुल्क पनि नलिन निर्देशन लिए पनि निजी विद्यालयले उपमेयरसहित एमालेको जनप्रतिनिधिहरूले नै साथ दिएपछि भर्ना शुल्क पनि लिइरहेका छन ।इटहरी क्षेत्रमा १७० वटा विद्यालय रहेका छन् । जसमा ३६ वटा निजी विद्यालय रहेका छन् भने अरु सरकारी छन् ।

school-1713681887.jpeg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro