site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुप्रिम सहकारी ठगी प्रकरण : गुरुङलाई थुनामा, ६ जनालाई धरौटीमा छाड्ने आदेश
Tiktok banner adTiktok banner ad

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले एकजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले शुक्रबार ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको हो । 

त्यस्तै, *६ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । दिपेश पुन, नवीन अछामी, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापामगर र रोशनी गुरुङलाई धरौटीमा छाड्न ओदश दिइएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । 

पुनलाई चार लाख, अछामीलाई १० लाख, चापागाईंलाई १८ लाख, न्यौपानेलाई चार लाख ४५ हजार र थापामगर र गुरुङलाई दुई/दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको उनले बताए । 

सुप्रिम सहकारीबाट झन्डै पौने दुई अर्ब ठगी भएको ठहर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । सो प्रकरणमा २८ जनालाई मुख्य अभियुक्त बनाइएको छ । मुद्दामा एक हजार दुईजनालाई थप प्रतिवादी बनाइएको छ ।

गितेन्द्रबाबु राई (जीबी)सहित अन्य फरार प्रतिवादीको हकमा कानुनबमोजिम पक्राउ पुर्जीको म्याद थप गर्ने आदेश भएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । 

*६ जना हुनुपर्नेमा यसअघि पाँचजना भएकाले सच्याइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro