site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौं–निजगढ द्रुतमार्गमा ६० अर्ब ४४ करोड सकियो
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणमा हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ सकिएको छ ।  प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले द्रुतमार्ग निर्माणमा हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ सकिएको जानकारी दिएका हुन् । 

उनका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब ३४ करोड, ०७४/०७५ मा सात अर्ब ६३ करोड, ०७५/०७६ मा पाँच अर्ब ७३ करोड, ०७६/०७७ मा एक अर्ब ९७ करोड, ०७७/०७८ मा आठ अर्ब ७३ करोड, ०७८/०७९ मा आठ अर्ब ८९ करोड, ०७९/०८० मा १४ अर्ब ९४ करोड र ०८०/०८१ को हालसम्म ११ अर्ब २१ करोड रुपैयाँ द्रुतमार्ग निर्माणमा सकिएको छ । 

गएको चैत मसान्तसम्म काठमाडौं–निजगढ द्रुतमार्गको काम ३३.२ प्रतिशत सकिएको जानकारी दिएका उनले वित्तीय प्रगति ३३ प्रतिशत भएको बताए । उनका अनुसार निर्माणाधीन तीनवटा सुरुङको खन्ने कार्य पनि ७६ प्रतिशत सकिएको र हालसम्म ३० हजार  ५९१ रुख काटिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro